Informing Discourse | Shaping Debate
Ideas For Accountable Governance
संवादलाई सूचित | बहसलाई आकार
जवाफदेही शासनका लागि विचार
About Us
Pokhara Research Center (PRC), is a not-for-profit distributing institution registered in the year 2019. PRC defies itself as a public policy research institute with the aspiration of developing into a leading thinktank and an institution of excellence in Nepal. The centre was established as a unique response to the changing political climate in Nepal. Through research, public dialogue, and collaboration, PRC brings evidence and diverse perspectives into policy discussions. Its work focuses on strengthening accountable governance and connecting citizens, policymakers, and institutions.
हाम्रोबारे
पोखरा रिसर्च सेन्टर (PRC) सन् २०१९ मा दर्ता भएको नाफा वितरण नगर्ने संस्था हो। PRC ले आफूलाई सार्वजनिक नीति अनुसन्धान संस्थाका रूपमा स्थापित गर्दै नेपालकै अग्रणी थिङ्क ट्याङ्क तथा उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। नेपालको बदलिँदो राजनीतिक परिवेशको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यस केन्द्रको स्थापना गरिएको हो। अनुसन्धान, सार्वजनिक संवाद र सहकार्यमार्फत PRC ले नीतिगत छलफलमा प्रमाणमा आधारित तथ्य तथा विविध दृष्टिकोणहरू समावेश गर्दछ। यसका कार्यहरू जवाफदेही शासन प्रणाली सुदृढ बनाउने तथा नागरिक, नीतिनिर्माता र संस्थाहरूबीच सम्बन्ध स्थापित गर्ने कुरामा केन्द्रित छन्।
Our Work in Picturesतस्बिरहरूमा हाम्रो काम
From Vision to Institutionदृष्टिबाट संस्थासम्म
- Germination सङ्केत 2017 २०१७
- Incubation विकास 2017 to 2019 २०१७ देखि २०१९
- Registration दर्ता 28th May, 2019 २०१९ मे २८
Pokhara Research Centre began its journey in 2017, marking the year of germination when the idea and foundational work were initiated. From 2017 to 2019, PRC underwent its incubation phase - refining its vision, building networks, and doing preparatory work. In May 2019, it was formally registered, transitioning from concept to a recognized institution. Since then, PRC has grown as a public-policy think tank focused on provincial affairs, based in Kaski district of Gandaki Province.
पोखरा रिसर्च सेन्टरले आफ्नो यात्रा २०१७ मा सुरु गर्यो, जुन सङ्केतको वर्ष हो, जब यसको विचार र आधारभूत कार्य सुरु भएको थियो। २०१७ देखि २०१९ सम्म PRC ले आफ्नो विकास चरण व्यवस्थापन गर्दै दृष्टिकोण परिष्कार गर्न, सञ्जाल निर्माण गर्न र तयारी कार्य गर्न भयो। मे २०१९ मा यसको औपचारिक दर्ता भई यो एक अवधारणाबाट स्थापित संस्थामा परिवर्तन भयो। त्यसपछि PRC ले प्रादेशिक मामिलामा केन्द्रित सार्वजनिक नीति विचार प्रतिष्ठानको रूपमा विकास पाउँदै आएको छ, जुन गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ।
Our Visionहाम्रो दृष्टिकोण
A democratic Nepal with empowered subnational governments and a well-informed electorate.सशक्त उपराष्ट्रिय सरकारहरू र सुसूचित मतदाता वर्ग भएको लोकतान्त्रिक नेपाल।
Our Missionहाम्रो उद्देश्य
Our mission is to strengthen Nepal's federalism by promoting provincial autonomy, reducing centralization, and informing citizens through research, programs, and strategic communication.हाम्रो उद्देश्य प्रादेशिक स्वायत्तता प्रवर्द्धन, केन्द्रीकरण न्यूनीकरण, र अनुसन्धान, कार्यक्रम तथा रणनीतिक सञ्चारमार्फत नागरिकलाई सूचित गर्दै नेपालको संघीयतालाई सुदृढ बनाउनु हो।
Our Core Valuesहाम्रा मूल्यमान्यताहरू
- Independence : Maintain nonpartisanship, intellectual and financial autonomy.स्वतन्त्रता: गैरदलीयता कायम राख्दै बौद्धिक तथा आर्थिक स्वायत्तता सुनिश्चित गर्ने।
- Innovation: Sustainable state-of-art development of mission based deliverables.नवप्रवर्तन: संस्थाको उद्देश्यअनुरूपका उपलब्धिहरू हासिल गर्न दिगो तथा अत्याधुनिक विकासका उपायहरू अवलम्बन गर्ने।
- Public Benefit: Address gaps in capacity development or research to analyse and report on current issues for public benefit.सार्वजनिक हित: सार्वजनिक हितका लागि समसामयिक मुद्दाहरूको विश्लेषण तथा प्रतिवेदन गर्न अनुसन्धान र क्षमता विकासका क्षेत्रमा रहेका रिक्तताहरू सम्बोधन गर्ने।
- Integrity: Uphold transparency, quality assurance, and ethical standards in all work.निष्ठा: सबै कार्यमा पारदर्शिता, गुणस्तर सुनिश्चितता तथा नैतिक मापदण्डहरू कायम राख्ने।
- Collaboration: Constructive partnerships with government, civil society, academia, and development partners.सहकार्य: सरकार, नागरिक समाज, प्राज्ञिक क्षेत्र तथा विकास साझेदारहरूसँग रचनात्मक साझेदारी स्थापित गर्ने।
- Inclusivity: Gender parity in participation and positions of authority.समावेशिता: सहभागिता तथा नेतृत्वदायी पदहरूमा लैङ्गिक समानता सुनिश्चित गर्ने।